अनलाइनमा अर्डर आएको खाना डेलीभरी गर्न ३० हजार किलोमिटर टाढा पुगिन् यी युवती !

डिसी नेपाल
३ मंसिर २०७९ १४:३४

काठमाडौं । आजको युगमा अनलाइन खाना अर्डर गर्ने चलन बढेको छ । कम्पनीहरूले केही मिनेटमा तपाईंको ठेगानामा इच्छित खाना डेलिभर गर्छन्। तर एउटी युवती खाना पुर्‍याउन ३० हजार किलोमिटर टाढा पुगिन् । यसरी उनले विश्व कीर्तिमान बनाएकी छिन् ।

वास्तवमा, चेन्नईकी मनसा गोपालले अन्टार्कटिकामा खाना पुर्‍याउने आफ्नो यात्राको भिडियो इन्स्टाग्राममा सेयर गरेकी छिन्। जसमा उनले आफूले ४ वटा महाद्वीप पार गरेर खाना वितरणका लागि सिंगापुरबाट अन्टार्कटिका पुगेको बताइन् । यसलाई विश्वको सबैभन्दा लामो दूरीको खाना डेलिभरीको रूपमा वर्णन गरिएको छ।

 

View this post on Instagram

 

A post shared by Maanasa Gopal (@nomadonbudget)

भिडियोमा उनले खानाको प्याकेट लिएर ३० हजार किलोमिटर यात्रा गरेको देखाइएको छ । उनको यात्रा सिंगापुरबाट सुरु भएको थियो । त्यसपछि उनी ह्याम्बर्ग (जर्मनी) पुगिन् । त्यसपछि ब्यूनस (अर्जेन्टिना) हुँदै मनसा अन्टार्कटिका पुगिन् र ग्राहकलाई खाना दिइन् ।

यस भिडियोमा मनसालाई धेरै हिउँ र हिलो सडक पार गरेको देखाइएको छ । भिडियोको क्याप्सनमा उनले लेखेकी छन्- मैले सिंगापुरबाट अन्टार्कटिकासम्म विशेष खाना डेलिभरी गरें। मानिसहरूसँग यो अद्भुत यात्रा साझा गर्न धेरै उत्साहित छु।

 

View this post on Instagram

 

A post shared by Maanasa Gopal (@nomadonbudget)

अर्को पोष्टमा, मनसाले सन् २०२१ देखि आफ्नो अन्टार्कटिक अभियानका लागि पैसा जुटाउने प्रयास गरिरहेकी थिइन्। गत महिना फूड पान्डाले उनको यात्रा प्रायोजित गरेको थियो ।

मनसा गोपालको भिडियोमा धेरै प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् । एकजनाले सोधे- के खानेकुरा दिनुभयो ? अर्काले लेखेका छन्– अविश्वसनीय । अर्को प्रयोगकर्ताले भने- अचम्मको, यति लामो डेलिभरी।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *