उदयपुरमा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार

डिसी नेपाल
३ मंसिर २०७९ २२:२६

उदयपुर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि उदयपुरमा मतगणना स्थल तयार भएको छ । उदयपुरको निर्बाचन क्षेत्र–१ को त्रियुगा नमूना माध्यामिक बिद्यालय गाईघाटको भवनमा र उदयपुरको निर्बाचन क्षेत्र–२ को त्रिवेणी माध्यामिक बिद्यालय कटारीको भवनमा मतगणना हुनेछ । यस पटक सम्बन्धित क्षेत्र क्षेत्रमा मतगणनास्थल बनाइएको हो ।

मतगणना स्थलमा तारजाली सहित सीसीटीभी समेत जडान गरिएको मुख्या निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ । मतगणना स्थल तयार भई सकेको र सुरक्षालाई मध्यनजर गर्दै तारजाली र सीसीटिभी समेत जडान गरेको छ । सुरक्षित र ब्यवस्थित बनाउन स्थलमा तारजाली सहित सीसीटीभीको व्यवस्था गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *