काठमाडौं-६ : घण्टीको अग्रता कायमै

डिसी नेपाल
७ मंसिर २०७९ ५:३३
928
Shares

काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम राखेका छन्।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केहीबेर अगाडि २४ हजार एक सय ४८ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार खनालले आठ हजार आठ सय ७५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन्।

यस्तै दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले पाँच हजार तीन सय ४२ मत प्राप्त गर्नुभएको छ भने तेस्रोमा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले पाँच हजार तीन सय १० मत प्राप्त गरेकाे निर्वाचन अधिकृत खनालले बताइन्।

काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमा १३ विभिन्न राजनीतिक दल र ११ स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

काठमाडौँको बागबजारबाट गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको क्षेत्रमा ३२ स्थानका ७५ मतदान केन्द्रमा मतदान भएको थियो। कूल ६२ हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३९ हजार ६६ मत खसेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *