अघिल्लाे कार्यकालमा नसकिएका याेजना पूरा गर्छु : सन्तोष पाण्डे

डिसी नेपाल
८ मंसिर २०७९ १३:२६

भैरहवा।  रुपन्देही-३ (ख)बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेले सम्पन्न हुन नसकेका अलपत्र याेजनालाई सक्न प्राथमिकता दिने बताएका छन्।

निर्वाचित भएर प्रमाणपत्र लिने क्रममा संचारकर्मीसँग कुरा गर्दै पाण्डेले पाँच वर्षे कार्यकालमा जनताको पक्षमा काम गरेकै कारण दोस्रो पटक विश्वास गरेर पुनः निर्वाचित गरेकोमा धन्यवाद दिए। उनले जनताको अपेक्षालाई पूरा गर्ने पनि बताए।

भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा मात्रै काम होइन, जनताको दैनिकीमा परेको समस्याका लागि पनि सधैँ तयार रहने उनकाे भनाइ छ। मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले निर्वाचित भएका पाण्डेलाई प्रमाणपत्र दिएका थिए।

पाण्डे यो क्षेत्रबाट दोस्रो पटक निर्वाचित भएका हुन्। पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे १४ हजार नाै सय २८ मत ल्याई विजयी भएका हुन्। उनका प्रतिष्पर्धी तीन दलीय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका महेन्द्र यादवले १० हजार सात ९८ मत ल्याएका छन्। पाण्डे चार हजार एक सय ३० मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *