प्रदेशसभा सदस्यमा देवी ज्ञवाली पराजित

काठमाडाैं। नेकपा एमालेका देवी ज्ञवाली प्रदेशसभा सदस्यमा पराजित भएका छन्। चितवन २ ‘ख’ मा उम्मेदवार बनेका एमालेका ज्ञवाली कांग्रेसका उत्तम जोशीसँग पराजित भएका हुन्।
प्रदेशसभा सदस्यमा निर्वाचित जोशीले १३ हजार ३ सय ६ मत प्राप्त गर्दा एमालेका ज्ञवालीले १२ हजार ७ सय ४४ मत पाए।
ज्ञवाली २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालसँग पराजित भएका थिए।
प्रतिक्रिया
Facebook Comment