जुवातास खेलिरहेको अवस्थामा चाबहिलबाट ८ जना पक्राउ

डिसी नेपाल
९ मंसिर २०७९ ११:५३

काठमाडौँ।  काठमाडौं महानगरपालिका- ७ चाबहिलबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

महानगरपालिका-७ चाबहिल बस्ने ४५ वर्षीय माधव लाल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा चितवन घर भई काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने २८ वर्षीय रमेश घिमिरे लगायत ८ जनालाई  प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ५ सय २९ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *