कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

डिसी नेपाल
९ मंसिर २०७९ १३:४४
104
Shares

काठमाडौँ। कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।  मकवानपुरको थाहा नगरपालिका – १२ गैरीगाउँ बस्ने ८९ वर्षीय आइत सिंह  स्याङ्तानको कोदालोको बिडले प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय टाइसन गोलेलाई बिहीबार पक्राउ गरेको  प्रहरीले जनाएको छ।

एक आपसमा विवाद हुँदा टाइसनले कोदालोको बिडले हान्दा स्याङ्तान गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो।

ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले टाइसनलाई पक्राउ गरेको हो। यससम्बन्धमा थप अनुसन्धान भइरहेकोसमेत प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *