महाेत्तरी २ मा लोसपाका शरत सिंह भण्डारी निर्वाचित

डिसी नेपाल
९ मंसिर २०७९ १३:५८

काठमाडौं । महाेत्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता शरत सिंह भण्डारी विजयी भएका छन्। सुरुदेखि नै तराई-मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार विजयकुमार सिंहसँग प्रतिस्पर्धामा रहेका भण्डारीले १४ हजार ७० मतान्तरले पराजित गरे ।

उनले २५ हजार १९० मत ल्याउँदै विजयी भएका हुन् भने पराजित सिंहले ११ हजार १२० मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *