गठबन्धनले सोचेजस्तो चुनावी परिणाम आएन: प्रचण्ड

डिसी नेपाल
९ मंसिर २०७९ १४:४२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नआएको पनि बताएका छन् ।

शुक्रबार गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाण पत्र लिइसकेपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले यस विषयमा गठबन्धनमा सामेल दलहरुबीच छलफल गर्नेसमेत उल्लेख गरे । प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

अध्यक्ष प्रचण्डले गठबन्धन दलहरू बीचको बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगाएको बताए।

‘अहिलेसम्मको उपलब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु । यसअघि दुर्घटनामा जाने हो भन्ने अवस्थामा पुगिसकेको थियो । हामीले गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ,’ उनले भने,’ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *