देव गुरुङले पृथ्वीसुब्बालाई बधाई दिँदै भने- वाम एकताको पहल गरौँ

डिसी नेपाल
९ मंसिर २०७९ १७:०२

लमजुङ । गएको स्थानीय निर्वाचनअघि नै माओवादी केन्द्रका महासचिव देव गुरूङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ वाम गठबन्धन हुनुपर्ने अभिव्यक्ति दिइरहन्थे । तर, दुवै पार्टीका नेतृत्वले उनीहरूको प्रयासलाई इन्कार गर्‍यो ।

२०७४ को स्थानीय तह चुनावमा देशभर कांग्रेस-माओवादी तालमेल भइरहँदा लमजुङमा ‘वाम गठबन्धन’को सुरुवात भएको थियो । पछि केन्द्रीयस्तरमै पार्टी एकीकरण गर्नेगरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभर तालमेल भयो ।

०७४ मा देव गुरुङ एमालेको सहयोगमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । यसपटक पनि निर्वाचनअघि पृथ्वीसुब्बा र देवबीच गठबन्धन गर्ने विषयमा छलफल भएको थियो । ‘चुनावअघि पनि गठबन्धनका विषयमा उहाँ र मेरो कुराकानी त भयो । तर सार्थकता पाएन’, एमाले उपमहासचिव गुरूङले भने ।

२०७४ मा देव गुरुङको सहयोगी बनेका पृथ्वीसुब्बा गुरुङले अहिले उनैलाई हराउँदै पाँच वर्षका लागि संसदको यात्रा तय गरे। देवले पृथ्वीसुब्बालाई बधाई दिँदै वाम एकताको प्रयास गर्न प्रस्ताव गरेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *