सिरहा-२ मा राजकिशोर यादव विजयी

डिसी नेपाल
१० मंसिर २०७९ ५:५०

काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित भएका छन्। यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरेका छन्। त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाएकी हुन्। उनीहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ।

त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो भए। सिरहा निर्वाचन क्षेत्र नं-२ मा प्रतिनिधिसभा सदस्यको निम्ति २४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *