प्राचीन मन्दिरमा चढेर महिला पर्यटक नाच्न थालेपछि हंगामा

डिसी नेपाल
१० मंसिर २०७९ १२:१९

काठमाडौं । ऐतिहासिक मन्दिरमा नाच्दै गरेकी महिलालाई भीडले घेरा हाल्यो । सिँढी चढ्दा पनि मानिसहरूले उनलाई रोकेका थिए तर उनी मानिनन् । पछि सुरक्षा गार्डले महिलालाई जबरजस्ती तल झारे । उनी तल ओर्लने बित्तिकै भीडका केही व्यक्तिले उनलाई हातपात गरेका थिए । पछि उनलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको थियो । प्रहरीले महिलालाई पक्राउ गरेको छ ।

घटना मेक्सिकोको हो । जहाँ सोमबार एक महिला पर्यटकले पुरातन माया मन्दिरको माथि चढेर नाच्न थालेकी थिइन् । यस क्रममा मानिसहरूले उनलाई तल आउन आग्रह गरे तर उनले कसैको कुरा सुनिनन्। पिरामिडको टुप्पोमा उभिएकी महिलाले कहिले हात हल्लाउँदै त कहिले कम्मर हल्लाउँदै नाच्दै गरेको देखियो ।

आरोपित महिला स्पेनी नागरिकको रुपमा चिनिएको छ । उनको कार्यलाई स्थानीय जनताले ‘अपमानजनक’ भनेका छन् । उनलाई कारबाही गर्न पनि माग गरिएको छ । कतिपयले महिलालाई जेल पठाउने कुरा पनि गरेका छन् ।

यो घटनाको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसले देखाएको छ कि कसरी एउटी महिलाले नियमको अवहेलना गरिन् र भर्याङको सहायताले पुरातन माया पिरामिडको शीर्षमा पुगिन्। जबकि यो एक प्रतिबन्धित क्षेत्र थियो। यो साइट २००७ मा युनेस्को द्वारा विश्वको नयाँ ७ आश्चर्य मध्ये एक को रूपमा नामित गरिएको थियो।

महिला माथि पुग्ने बित्तिकै तल उभिरहेका मानिसहरूले उनलाई चिच्याउन थाले। यसैबीच एक सुरक्षा गार्डले उनको पछि दौडेर उनलाई जबरजस्ती तल झारे । जब महिला सिँढीबाट पिरामिडको तल पुगिन्, अन्य पर्यटक र स्थानीय मानिसहरूले उनलाई घेरे। यसैबीच उनलाई केहीले पानीको बोतल हानेका छन् भने केहीले हातपातसमेत गरेका छन् ।

रिपोर्टका अनुसार विश्व सम्पदा क्षेत्रमा आरोहण गरेको भन्दै महिलालाई जरिवाना गरिएको छ । मेक्सिकोमा यस प्रकारको अपराधमा २ लाखदेखि ४ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

यो प्रख्यात पुरातात्विक स्थल करिब १००० वर्ष पुरानो हो । यस माया मन्दिरको शीर्षमा पुग्न कुल ९१ सिँढीहरू छन्। तर २००६ मा एक चिप्लिएर उनको मृत्यु भएपछि मानिसहरूलाई चढ्न प्रतिबन्ध लगाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *