बिहेको १ दिनअघि दुलहीले प्रेमीसँग राखिन् शारीरिक सम्बन्ध, श्रीमान पुगे प्रहरीकहाँ
काठमाडौं । बिहेको अघिल्लो रात युवतीले दुलहीको लुगा लगाएर प्रेमीसँग सम्बन्ध राखेपछि भोलिपल्ट अर्को केटासँग बिहे गरिन् । विवाहको केही समयपछि दुलहीको यो कर्मको बारेमा सबैलाई थाहा भयो । सामाजिक सञ्जालमा दुलहीको चर्को आलोचना भएको थियो, त्यसपछि बेहुलीले अब लुकेर बस्नुपरेको छ । यता युवतीका श्रीमानले यस विषयमा उनीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
कुरा चीनको हो । केटीको यो कार्यको बारेमा सबैलाई थाहा भयो जब उनको प्रेमीसँगको कुराकानी चिनियाँ सोशल मिडियामा भाइरल भयो। युवतीका प्रेमी सामाजिक सञ्जालमा सियाओबैलोङ नामबाट सक्रिय छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार सियाओबैलोङले केटीसँगको कुराकानीलाई सार्वजनिक गरेका थिए। उनले ‘देखाउन’का लागि यो काम गरेका हुन् ।
युवतीको यो कार्यको बारेमा श्रीमानले थाहा पाए । उक्त व्यक्तिले यस सम्बन्धमा प्रहरीमा ‘अधिकार संरक्षण’ को उजुरी दिएको र सम्बन्धविच्छेदको निवेदन समेत दिएको बताए । केटीले बिहे हुनुभन्दा दुई दिनअघि सियाओबैलोङसँग कुराकानी गरेकी थिइन् । यो सियाओबैलोङ थिए जसले केटीलाई विवाहको २४ घण्टा अघि रोमान्स गर्न सुझाव दिएका थिए, जुन केटीले स्वीकार गरिन्।
त्यसपछि युवतीको यो कार्य कसैलाई थाहा भएन र योजना अनुसार विवाह भयो । पछि युवतीका श्रीमानले यो घटना थाहा पाए । चिनियाँ परम्पराअनुसार आफूले विवाहको उपहारस्वरूप दुलहीलाई करिब २३ लाख रुपैयाँ बराबरको उपहार दिएको श्रीमानले बताए । अब उनले सबै कुरा फिर्ता चाहन्छन् ।
यो विषयलाई लिएर सामाजिक सञ्जाल र युवतीको सहरमा मानिसहरुको आक्रोश बढ्न थालेपछि युवतीले सहर छोडेकी थिइन् । यसै क्रममा युवतीका श्रीमानले यो घटनाले आफ्नो स्वास्थ्यमा निकै नराम्रो असर पारेको बताएका छन् । अस्पताल गएर उपचार पनि गर्नुपरेको थियो । उक्त अपमानका कारण उनकी आमा पनि बिरामी परिन् र उनलाई पनि अस्पताल भर्ना गर्नुपरेको रिपोर्टमा उल्लेख छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment