सुनसरी ४ः ज्ञानेन्द्र बहादुर कार्कीले धाँधली भएको भनेपछि रोकियो मत गणना

डिसी नेपाल
१० मंसिर २०७९ १५:३९

सुनसरी । मत गणनामा नेपाली कांग्रेसले धाँधलीको आशंका गरेपछि सुनसरी ४ को प्रतिनिधि सभा तर्फको मत गणना रोकिएको छ ।

मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाईएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

सोही बिषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले घटना छानबिनको माग सहित सर्वदलीय बैठकको माग गर्नु भएको छ ।

सो पश्चात् मूख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । सर्वदलीय बैठक डाकिए संगै प्रतिनिधि सभा तर्फको मत गणना तत्कालका लागि रोकिएको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार कार्की २३ हजार ४ सय ३९ मतका साथ झिनो अग्रतामा हुनुहुन्छ। प्रतिष्पर्धी एमाले उमेदवार जगदीस प्रसाद कुसियैतले २३ हजार ३ सय ४१ मत ल्याउनु भएको छ । कुसियत ९८ मतले अगाडि रहनु भएको छ । सुनसरी ४ को प्रतिनिधि सभा तर्फ ८ वटा वडाको मत गन्न बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *