आफ्नै कपाल खाने बालिकाको पेटबाट ३ किलो कपालको गुच्छा निकालियो
काठमाडौं । चिकित्सकले १४ वर्षीया बालिकाको पेटबाट ३ किलोग्राम तौल भएको कपालको गुच्छा निकालेका छन् । एक रोग (पिका) को कारण यी बालिका आफ्नै कपाल खान्थिन्। पेटमा धेरै कपाल जमेका कारण उनको अवस्था निकै गम्भीर बन्दै गएको थियो । उनको आन्द्रा पनि बन्द भएको थियो । जसका कारण उनलाई चिकित्सककहाँ लैजानुपरेको थियो ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार यो घटना चीनको शान्सी प्रान्तसँग सम्बन्धित छ। यस हप्ताको सुरुमा यहाँ एक बालिकाको पेटबाट ३ किलोग्राम तौल भएको हेयरबल (कपालको गुच्छा) निकालिएको थियो । यी बालिका आफ्नो कपाल काटेर खाएपछि झन्डै तालिखुइले भइसकेकी थिइन्।
डाक्टरहरुले भनेका छन् कि बालिकाको पेटमा यति धेरै कपाल जमेको कारण खानाका लागि ठाउँ नै बाँकी थिएन । नखाएपछि कमजोर भइन् । पछि अवस्था यति बिग्रियो कि उनलाई अस्पताल भर्ना गर्नुपर्यो । यहाँ दुई घण्टाको शल्यक्रियापछि डाक्टरले बालिकाको पेट र आन्द्राबाट करिब ३ किलोग्राम तौलको कपाल निकालेका थिए ।
कपाल खाने लतलाई डाक्टरहरुले पिका नाम दिएका छन् । यसमा अखाद्य चीज खाने असामान्य इच्छा जागृत हुन्छ। यो प्रायः बालबालिका र किशोरकिशोरीहरूमा पाइन्छ।
अहिले बालिकाको अवस्था सामान्य रहेको र निको भईरहेको छ । उनी हजुरबा हजुरआमासँग बस्छिन्। उनका बुबाआमा कामको सिलसिलामा धेरैजसो शहरबाहिर बस्छन्। बालिकाका हजुरबुवा र हजुरआमाले सुरुमा उनको अवस्थालाई ध्यान दिएनन् तर अवस्था बिग्रिएपछि उनलाई अस्पताल लगे । त्यहाँ बालिकाको पेटमा धेरै कपाल भएको भेटियो ।







डिसी नेपाल







Facebook Comment