चीनमा कोभिड नीतिविरुद्ध सर्वसाधारणको आक्रोश, प्रदर्शनकारीले मागे राष्ट्रपति सीको राजीनामा

डिसी नेपाल
१२ मंसिर २०७९ ८:५५
172
Shares

बेइजिङ। चीनमा सरकारको कठोर कोभिड नीतिलाई लिएर चर्को आक्रोश बढेको छ।

कतिपय प्रदर्शनकारीले सार्वजनिक रुपमा नै कम्युनिष्ट पार्टीका नेताहरूको राजीनामा माग गरेका छन्। सांघाइमा हजारौँ प्रदर्शनकारी भेला भएर सरकारको नीतिको विरोध गरे। विद्यार्थीहरूले बेइजिङ र नानजिङका विश्वविद्यालयहरुमा प्रदर्शन गरेका छन्।

उरुम्चीमा एउटा अर्पाटमेन्टमा आगलागीका कारण १० जनाको मृत्युपछि सरकारको कोभिड नीतिविरुद्ध आक्रोश फैलिएको छ। लकडाउनका कारण आगलागीको समयमा समेत आफूहरू बाहिर निस्कन नपाएको पीडितका आफन्तले गुनासो गरेका छन्।

चिनियाँ अधिकारीहरूले कोभिड प्रतिबन्धले मानवीय क्षति भएको भन्ने विषयलाई अस्वीकार गरे पनि उरुम्चीका अधिकारीहरूले सूचना जारी गर्दै सर्वसाधारणसँग क्षमा मागेका छन्। प्रतिबन्ध हटाएर शान्ति व्यवस्था कायम गर्ने उनीहरूले बाचा गरेका छन् ।

सी जीनपिङको राजीनामा माग
चीनको सबैभन्दा ठूलो सहर तथा वित्तीय हव सांघाइको प्रदर्शनमा प्रदर्शनकारीले राष्ट्रपति सी जिनपिङको राजीनामा माग गरेका थिए।

केहीले खाली सेतो व्यानर बोकेका थिए भने कोहीले मैनवत्ति बालेर उरुम्चीका पीडितलाई पुष्पगुच्छा अपर्ण गरेका थिए। त्यस्तै, कोभिड उत्पत्ति भएको वुहानमा पनि हजारौँ मासिहरु सडक प्रदर्शनमा उत्रिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *