गण्डकी प्रदेशमा कांग्रेस पहिलो पार्टी हुँदा एकीकृत समाजवादी शून्य

डिसी नेपाल
१२ मंसिर २०७९ १५:०१

काठमाडौँ। बाग्मती प्रदेशमा पहिलो पार्टी भएको नेपाली कांग्रेस गण्डकी प्रदेशमा पनि पहिलो पार्टी हुन सफल भएको छ। १६ सिटसहित गण्डकी प्रदेशमा कांग्रेस पहिलो पार्टी भइरहँदा नेकपा एमाले भने १२ सिटसहित दोस्रो स्थानमा छ।

नेकपा माओवादी केन्द्रले ४ सिटमा जित हासिल गर्दा नेपाल समाजवादी पार्टीले १ सिटमा मात्रै विजय हासिल गरेको छ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी भने सो प्रदेशमा शून्य रहेको छ । सो प्रदेशमा स्वतन्त्रले १ सिटमा विजय हासिल गरेको छ।

३६ सिटमध्ये ३४ सिटको मतगणना हुँदा २ स्थानमा अझै मत गणना बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *