गीतकार उपाध्यायले पुर्याए १३२ विश्व कीर्तिमान
काठमाडौँ। विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना नाममा थप २२ कीर्तिमान थपेका छन्। काठमाडाैंमा आयोजित एक कार्यक्रममा उपध्यायलाई उक्त २२ विश्व कीर्तिमानको प्रमाणपत्र गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले प्रदान गरे। उक्त २२ कीर्तिमान प्रमाणपत्र उनलाई विश्व रेकर्ड प्रदान गर्ने विभिन्न ११ वटा संस्थाले प्रदान गरेका हुन्।
उनले यसअघि अन्तर्राष्ट्रिय ५० भाषामा गीत, सबैभन्दा सानो पुस्तक, नोट साइजको गीत, १५० देशका पर्यटकीयस्थलको गीत लेखेर विभिन्न विधामा गिनिज बुकअफ वर्ल्डसहित ११० विश्व रेकर्ड कायम गरेका उपाध्यायको रेकर्ड अहिले १३२ पुगेको छ। गीतकारले अहिलेको २२ रेकर्ड २५ गीत म्युजिसियनले २५ एकैथलोमा मेलोडी बजाएको, गीति कविता अंग्रेजी अक्षरको एदेखि जेड सम्म, पानीमाथि ढुंगामा बसेर गीति एल्वम विमोचन, आफ्ना गीतको ४५ वटा भिडियोको एक एल्वम, र्याप गीत ४/४, २/४, ६/८ र ३/४ स्केलमा, अन्तरिक्षमा गएका व्यक्तिहरूको नाममा गीति कवितालगायत विधाबाट प्राप्त गरेका हुन्।
उनलाई यो प्रमाण पत्र एभरेष्ट वर्ल्ड रेकर्ड, च्यापियन बुक अफ वर्ल्ड रकेर्ड, एसियन वर्ल्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, अमेरिका बुक अफ रेकर्ड, द व्रिटिस वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, युआरएफ वर्ल्ड रकेर्ड, सुप्रिम वर्ल्ड रेकर्ड, किंग्स बुक अफ रेकर्ड, वर्ल्ड ट्यालेन्ट बुकजस्ता वर्ल्ड रेकर्ड प्रदान संस्थाले दिएको हो।
उपाध्याय केही दिन पहिले भारतमा ‘श्री दादा साहेव फाल्के इन्टरनेसनल फिल्म एण्ड टेलिभिजन अवार्ड सम्मान तथा अवार्ड’ बाट पनि विभुषित भएका थिए । कार्यक्रममा गीतकारको ‘अविच्छिन्न’ एल्वमसमेत विमोचन गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि झाले डा. उपाध्यायका कर्म उनका लागि मात्र नभएर देशकै लागि गौरव रहेको बताए। उनले अगामी दिनमा यस्ता कार्य अझ थप्दै जान शुभकामना समेत दिए।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणि देवकोट र खनाल समाजका महासिचव माधव खनाल लगायतले कार्यक्रममा गीतकार उपध्यायको कार्यको प्रशंसा गरे।
सार्वजनिक ‘अविच्छिन्न’ एल्वममा ‘चितामाथि जलिरहेछु’, ‘खै कस्तो माया बसेछ’, ‘तिमी टाढा हुँदा’, ‘भावनाबाट टाढिँदा’ जस्ता चार गीत छन्। जसमा सन्तोष श्रेष्ठ र सागर अधिकारीले संगीत र विश्व नेपाली, जगत तिरुवा, प्रताप दास, ममता गुरुङ र सागर अधिकारीले स्वर दिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment