समानुपातिकतर्फ ९६ लाख मत गनियो, कुन दलले कति पाए ? (मतसहित)

डिसी नेपाल
१३ मंसिर २०७९ १०:५९

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज बिहान ११ बजेसम्म कूल ९६ लाख २ हजार ५७६ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा(एमाले)ले २५ लाख ९३ हजार ४६६ मत प्राप्त गरेको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २४ लाख ५७ हजार ३०३ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ४ हजार ८३३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार १९६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५२ हजार ८७४ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टीले ३ लाख ५८ हजार ९२२, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ६५ हजार ५४७ मत प्राप्त गरेका छन् । आयोगका अनुसार जनमत पार्टीले ३ लाख १ हजार६२०, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार ३०५, लोकतान्त्रिक समााजवादी पार्टीले एक लाख ३८ हजार ४०८ मत प्राप्त गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ दलमध्ये सबैभन्दा अन्तिममा रहेको राष्ट्रिय नागरिक पार्टीले १ हजार ८४३ मत प्राप्त गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *