अवैध लागू औषधसहित भारतीय नागरिक पक्राउ

डिसी नेपाल
१३ मंसिर २०७९ १५:०७

काठमाडौं । अवैध लागु औषधसहित झापाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। मेचीनगर नगरपालिका –१० धुलाबारी बजारबाट ब्राउन सुगरसहित भारतीय नागरिक २२ वर्षीया रजिया आलमलाई सोमबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लागु औषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई अवैध लागू औषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *