‘रिफ्रेस’ हुन परिवारसहित सुकुटे पुगे प्रचण्ड

डिसी नेपाल
१४ मंसिर २०७९ १७:१८
1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित सिन्धुपाल्चोकको सुकुटेमा पुगेक छन् ।

परिवारका सदस्यसहित माओवादीका नेता लिएर प्रचण्ड सुकुटे पुगेका हुन् । राजनीतिक तनावपछि रिफ्रेस हुन सु्कुटे पुग्ने गरेका प्रचण्ड अहिले निर्वाचनलगत्तै सुकुटे पुगेका हुन् ।

प्रचण्डसहितको टोलीले भोटेकोसीमा र्‍याफ्टिङ गरेका छन् । प्रचण्ड बुधबारको बास सुकुटेमै बिताउने भएका छन् । छोरीद्वय रेणु र गंगासहित परिवारिक सदस्य, अग्निप्रसाद सापकोटासहित माओवादी नेताहरु प्रचण्डसँगै रहेका छन् ।

साथै हालै सम्पन्न निर्वाचनमा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका माधव सापकोटा, प्रदेशसभामा निर्वाचित सरल सहयात्री पनि प्रचण्डको टोलीमा देखिएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *