स्याङ्जा २ मा मतान्तर बढाँउदै धनराज, पछ्याँउदै पद्मा

डिसी नेपाल
१५ मंसिर २०७९ १९:१२

काठमाडौैं । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले २ हजार ४४ मतान्तरले अग्रता कायम गरेका छन् । उनले पछिल्लो मतगणनाअनुसार ७ हजार ९०७ मत ल्याएका छन् ।

एमाले उम्मेदवार पद्मा अर्यालले ५ हजार ८६३ मत पाएकी छन् ।

४ मंसिरमा सम्पन्न आमनिर्वाचनका क्रममा धाँधली भएको भन्दै दलबहरूबीच आरोपप्रत्यारोप भएपछि मतगणना हुन सकेको थिएन । बुधबार पुनः मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि मत गन्न थालिएको हो । स्याङ्जा २ मा ७० हजार मत खसेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *