जापानबाट आर्थिक विकास र समृद्धि सिक्न आवश्यकः अध्यक्ष तिमिल्सिना

डिसी नेपाल
१७ मंसिर २०७९ २०:५१
40
Shares

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जापानबाट राजनीति, आर्थिक विकास र समृद्धिबारे सिक्ने कुरा धेरै भएको बताएका छन् ।

जापानिज युनिभर्सिटिज आल्मुनाइ एशोसिएशन नेपाल (जुवान)ले आज आयोजना गरेको ‘जापान ः विगत, वर्तमान र भविष्य’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले नेपालको आर्थिक विकास र शिक्षाका क्षेत्रमा जापानले गरेको लगानी र सहयोग कहिल्यै बिर्सन नहुने बताए ।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक शुद्धीकरणका लागि बौद्धिक जगतको भूमिका महत्वपूर्ण हुने बताए। नेपालमा लामो सङ्घर्षपछि प्राप्त उपलब्धिमाथि अहिलेको निर्वाचनको नतिजाले केही खतरा रहेको सङ्केत देखिएको उनको भनाइ छ ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा अहिलेको बहुदलीय प्रतिस्पर्धामा दलको विकल्प नभएको भन्दै स्वतन्त्रप्रतिको आकर्षण बढ्नु राम्रो सङ्केत नभएको बताए ।

अध्यक्ष तिमिल्सिनाले अहिलेको व्यवस्था जोगाउने दायित्व राजनीतिक दलसँगै बौद्धिक समूदायको पनि भएको बताउँदै भने, “सुशासन, भ्रष्टाचार र देशमा भएको बेथिति रोक्नका लागि नेता र राजनीतिक दललाई निष्पक्ष सुझाव दिनुहोला । दलप्रति वितृष्णा बढ्नु राम्रो होइन ।”

अहिलेको निर्वाचनमा पनि अधिकांश पुरानै नेता दोहोरिएर निर्वाचित भएकाले सरकारको नेतृत्व पनि उनीहरूले नै गर्ने देखिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जापानमा उच्च शिक्षा हासिल गरेर नेपाल आउनुभएका सबैलाई उच्च सफलताको शुभकामना व्यक्त गरे । उनले नेपालमा हालै सम्पन्न निर्वाचनलाई निष्पक्ष हुनुपर्छ र लोकतन्त्र बालियो हुनुपर्छ भनेर जापानले देखाएको शुभेच्छाप्रति धन्यवादसमेत व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *