कैलालीमा स्कारपियोले अटोलाई ठक्कर दिँदा तीन जना घाइते

डिसी नेपाल
१७ मंसिर २०७९ २१:००
20
Shares

धनगढी । कैलालीमा स्कारपियोले अटोलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। शनिबार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोले अटोलाई ठक्कर दिएपछि दुर्घटना भएको हो।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको गरेको बा १४ च ९५७६ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आइरहेको से १ ह ९३३ नम्बरको अटोलाई ठक्कर दिएको थियो। ठक्करपछि ३ जना घाइते भएका छन। घाइते हुनेमा अटो चालक २९ वर्षीय दिपक वादी, अटोमा पछाडि सवार अन्दाजी ३० वर्षीय हरिश वादी र अन्दाजी २४ वर्षीया कल्पना वादी रहेका छन्।

घाईते तिनै जनालाई उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको छ। ठक्कर दिने स्कारपियो चालक नेपालगन्ज उपमहानगरपालिका १० बस्ने ४१ वर्षीय भुपेन्द्र बिकलाई भने प्रहरीले पक्राउ गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *