घरमा बम भेटिएकोबारे प्रश्नमा गोकुल बास्कोटाको जवाफ – ‘मलाई के थाहा ?…’

डिसी नेपाल
१८ मंसिर २०७९ १०:२२

काठमाडौं । पूर्व सूचना तथा संचार मन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरअगाडि शंकास्पद वस्तु फेला परेपछि त्यसलाई नेपाली सेनाले निष्कृय पारेको छ ।

बास्कोटाको घरअगाडि प्लास्टिकमा राखिएको शंकास्पद प्रेसर कुकर फेला परेको थियो । बिहान बास्कोटाको घरअगाडि शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पछि सेनाले त्यसलाई निष्कृय पारेको हो ।

यद्यपि घरअगाडि शंकास्पद वस्तु राखिएको बेलामा बास्कोटा भने घरमा थिएनन् । उनले आफू आफ्नो गाउँ काभ्रेपलाञ्चोकमा रहेको बताए । उनले भर्खरै आफ्नो पुर्ख्यौली घर भएको निर्वाचन क्षेत्रबाट चुनाब जितेका छन् ।

घरबाहिर शंकास्पद बस्तु फेला परेकोबारे डिसीनेपालको प्रश्नमा उनले यसबारे आफूलाई थाहा नभएको बताए । उनले भने ‘मलाई के थाहा ? म गाउँमा छु । सेना, प्रहरीलाई सोध्नुहोस् ।’ भर्खरै निर्वाचन परिणाम आएकोले अहिले उनी गाउँमा मतदातालाई धन्यवाद दिने कार्यक्रममा व्यस्त छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *