सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते

डिसी नेपाल
१८ मंसिर २०७९ १२:०९

काठमाडौँ। सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सुर्खेतको बराहताल गाउँपालिका -८ दमारे नजिकै शनिबार राति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्। जीपमा सवार १० जना मध्ये ६ जना घाइते भएका र १ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी बांगेसिमलले जनाएको छ।

घाइतेमध्ये ३ जनाको सुर्खेत जिल्ला अस्पतालमा उपचार भइरहेको छ  भने ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जिप शनिबार राति ८ बजे अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *