पाँच केजी अवैध गाँजासहित सिन्धुलीबाट दुई मोटरसाइकल बरामद

डिसी नेपाल
१८ मंसिर २०७९ १३:३५

काठमाडौँ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-८ पत्राबाट पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद गरिएको छ।

शनिबार राति प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीलाई देख्नासाथ सिन्धुलीबाट मकवानपुरतर्फ आउँदै गरेको ना२३प ८७८३ र प्र. ३-०१७ प ७५६१ नम्बरको मोटरसाइकलमा सवार चार जना मोटरसाइकल छाडेर भागेका थिए।

उक्त मोटरसाइकल चेकजाँज गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ। फरार व्यक्तिहरूको खोजी गरिरहेको पनि प्रहरीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *