कपिलले बिहे गरेको ३ महिनासम्म पनि आफ्नी श्रीमतीको घुम्टो किन उठाएनन् ?

डिसी नेपाल
१८ मंसिर २०७९ १६:०९

काठमाडौं । कपिल शर्मा कमेडीका बादशाह हुन् । द कपिल शो मार्फत कपिलले फ्यानहरूलाई हँसाउँछन् । हरेक हप्ता धेरै ठूला सेलिब्रेटीहरू कपिलको शोमा आफ्नो प्रोजेक्टको प्रचार गर्न आउँछन् र कमेडियनसँग धेरै रमाइलो गरेको देखिन्छ।

यो हप्ता काजोल आफ्नो फिल्म ‘सलाम वैंकी’ को प्रमोशनका लागि शोमा पुगेकी थिइन् । द कपिल शर्मा शोमा अभिनेत्री सुमोना चक्रवर्ती कपिलकी श्रीमतीको भूमिकामा देखिएकी छिन् । कपिलले आफ्नो शोमा आफ्नी अनस्क्रिन श्रीमतीको धेरै मजाक उडाउँछन् । फ्यानहरूले पनि कपिलको ‘पत्नी’सँगको ठट्टा मन पराउँछन्।

अब नयाँ एपिसोडमा कपिलकी अनस्क्रिन पत्नी सुमोनाले उनलाई हाँसेर भनिन्- नमस्ते पति। तर कपिल अचम्ममा पर्छन् र जवाफ दिन्छन्- दिदी? यो सुनेर कपिलकी अनस्क्रिन श्रीमतीलाई रिस उठ्छ र उनी काजोललाई भन्छिन्– यो मान्छे (कपिल) यति अल्छी छ कि तपाइँलाई विश्वास लाग्दैन । यो मान्छेले बिहेको तीन महिनासम्म मेरो घुम्टो पनि उठाएन ।

सुमोनाको यो विषयमा कपिल पनि कहाँ चुप लागेर बस्ने ? उनले कमेडीको पन्च हानेर भने– ‘भित्रको उत्पादन के हो थाहा भयो, तब मैले घुम्टो पनि उठाइनँ । म घुम्टो लगाएकै छोडेर सुतेँ । कपिलको यो कुरा सुनेर सबै हाँसे ।

काजोलको कुरा गर्ने हो भने अहिले उनी आफ्नो आगामी फिल्म सलाम वैंकीको कारण चर्चामा छिन् । फिल्म ९ डिसेम्बरमा रिलिज हुँदैछ । नायिकाले आफ्नो फिल्मको प्रमोशन गरिरहेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *