विनु यादवको पक्षमा वकालत गरेको भन्दै ज्यास्मिन ओझामाथि ढुंगा प्रहार

डिसी नेपाल
१८ मंसिर २०७९ १६:२९

काठमाडौं । पतिबाट हिंसा भएको भन्दै विनु यादवले न्यायका लागि अदालत र सरकार गुहारिरहेकी छन् । न्याय माग्न जाँदा कतैबाट नपाएको गुनासोसहित मंगलबार उनी सर्वोच्च अदालत पुगेकी थिइन् ।

सुरक्षाकर्मीको घेरामा परेकी उनले आफूले बोकेर गएको रातो रङ सर्वोच्च अदालतको गेटमा फ्याँकिन् । घोलिइरहेको रातो रङ गेटमा पोखेकी उनलाई तत्कालै प्रहरीले समातेर गाडीमा राखेको थियो । विनुसँगै ज्यास्मिन ओझालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विनु यादवको पक्षमा लागेको भन्दै आफूमाथि दैनिक सुरक्षा थ्रेट भइरहेको अधिकारकर्मी ओझाले बताएकी छन् । केही दिनदेखि उनको मोबाइल फोनमा अज्ञात व्यक्तिले विनु यादवको पक्षमा बोलेको भन्दै उनलाई धम्की आउने गरेको छ । आइतबार दिउँसो उनीमाथि झत्तपुरको बालकोटमा अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । आफू पठाओका लागि कुरिरहेको अवस्थामा पछाडिबाट ढुंगा हानेर अज्ञात व्यक्ति फरार रहेको ओझाले बताइन् ।

‘म बालकोटबाट फर्कदै थिएँ । पठाओका लागि सडकमा उभिरहँदा पछाडिबाट ढुंगा प्रहार भयो । शनिबार राति एकजनाले भोलि जे पनि हुन सक्ने भन्दै धम्की दिनु र आज ढुंगा प्रहार हुनुले विनु यादवको पक्षमा आवाज उठाएकाले मलाई टार्गेट गरिएको हो,’ उनले भनिन् । आफूले जीउज्यानको सुरक्षाका लागि प्रहरीमा निवेदनसमेत दिएको उनले बताइन् । ओझा एमाले निकट अनेरास्ववियु नेतृ पनि हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *