देशको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

डिसी नेपाल
२२ मंसिर २०७९ १४:१९
32
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। बिहीबार राष्ट्रिय ज्यापु दिवस, २०७९ का अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘मुलुकको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको भूमिका महत्वपूण छ। यस समुदायको योगदानलाई सबैसमक्ष उजागर गर्न, संस्कृति, परम्परा र रहनसहनलाई संरक्षण र प्रवर्द्धन गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु।’

प्रधानमन्त्री देउवाले आगामी दिनमा ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्न सरकार सकारात्मक रहेको समेत बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *