आरजूलाई गरेको व्यंग्य सामाजिक संजालमा भाइरल, पिछडिएको क्षेत्रबाट सांसद बन्दै

यस्तो छ व्यंग्य

डिसी नेपाल
२४ मंसिर २०७९ ६:५९
1.6k
Shares

काठमाडौं। दलहरुलाई आफूले पाएको सिटका आधारमा समानुपातिक सांसद छान्न हम्मे हम्मे परेको छ। निर्वाचन आयोगले समानुपातिक सांसद चयन गर्न शनिबारसम्मको समय दिएको छ। त्यसका लागि दलहरु अन्तिम गृहकार्यमा जुटेका छन्।

आफ्ना मान्छेलाई जसरी पनि सांसद बनाउन लागेको भन्दै सामाजिक संजालमा भने दलहरुको विरोध भएको छ। सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री आरजू देउवालाई पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद बनाउने तयारी गरिएपछि समाजिक संजालमा व्यंग्य र विरोध भइरहेको छ।

सामाजिक संजालमा फेला परेको व्यंग्य जस्तो तेस्तै :

कांग्रेसले डा. आरजु देउबालाई पिछडिएको महिला समुहबाट समानुपातिक सांसद बनाउने निर्णय गरेको समाचार सुनेर आश्चर्य नमान्नु भए हुन्छ। किनकि उहाँ पिछडिएको र पछाडि परेकै महिला हुनुहुन्छ।

बर्दियाको बेलवाजस्तो अझैसम्म पिछडिएको ठाउँमा जन्मेको, पिएचडीको उपाधिधारी भएर पनि आफूभन्दा थोरै पढेको मान्छेसँग बिहे गरेर डडेलधुराको रुवाखोलाजस्तो दिनभरी घाम नलाग्ने विकट गाउँमा जानु परेको, बल्लबल्ल ३० वर्षको उमेरमा आफूभन्दा १६ वर्ष जेठो मान्छेसँग बिहे भएको, राणा परिवारमा जन्मेर पनि डडेलधुराको गर्खालसंग बिहे गर्नु परेको र पिएचडी गरेर पनि सरकारी जागिर खान नपाएर अरुभन्दा पछाडि परेकै महिला हुनुहुन्छ।

-भारतमा नेहरुकी छोरी इन्दिरा ४९ वर्षको उमेरमैं प्रधानमन्त्री भैसकेकी थिइन्।

-बिहारमा लालु यादवकी पत्नी रावणी देवी ४५ को उमेरमै मुख्यमन्त्री भैसकेकी थिइन्।

-बंगलादेशमा जियाउर रहमानकी पत्नी खालिदा जिया ४६ वर्षको उमेरमैं प्रधानमन्त्री भैसकेकी थिइन्।

-श्रीलंकामा सोलोमन भण्डारनायककी पत्नी सिरिमाओ भण्डारनायक ४४ वर्षको उमेरमैं प्रधानमन्त्री भैसकेकी थिइन्।

-पाकिस्तानमा भुट्टोकी छोरी बेनजीर ३५ वर्षको उमेरमैं प्रधानमन्त्री भैसकेकी थिइन्।

-नेपालमैं मदन भन्डारीकी पत्नी विद्या भण्डारी ५५ वर्षको उमेरमैं राष्ट्रपति र गिरिजाकी पुत्री सुजाता ५२ वर्षमै उप्रधानमन्त्री भैसकेकी छन्। यो हेरिकन ६० वर्ष उमेर भैसक्दा पनि र पाँच पटके प्रधानमन्त्रीको पत्नी भएर पनि डा. आरजु देउबाले अहिलेसम्म मन्त्री पनि हुन पाउनु भएको छैन।

उपप्रधानमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति त कहिले हुने हो कहिले हुने हो? तसर्थ सबै दृष्टिकोणले पछाडि परेकी यस्ती महिलालाई कांग्रेसले समानुपातिकबाट सांसद बनाउनु धेरै राम्रो कुरा हो। प्रजातन्त्रमा अन्याय गर्न पाइन्न।

उहाँलाई न्याय गरेर कांग्रेसले समानुपातिक प्रणालीको सुन्दर नमूना प्रस्तुत गरेको छ। बधाई छ बौजु कन..




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *