चुनाव लगानी गर्ने र असुल्ने दाेकान बन्याे : मुख्यमन्त्री भट्ट
धनगढी। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले चुनाव लगानी गर्नेर लगानीकाे प्रतिफल असुल्ने माध्यम मात्रै बन्न लागेकाे बताएका छन्। चुनावमा गरिने खर्च हेर्दा टिकट ल्याउनदेखि जित्नसम्म कराेडाैं खर्च गर्ने र जितेपछि त्याे असुली गर्ने दाउ बन्ने गरेकाे मुख्यमन्त्री भट्टकाे भनाइ छ।
धनगढीस्थित एक कार्यक्रममा बाल्दै मुख्यमन्त्री भट्टले भने, ‘चुनावमा कराेडाैं खर्च गर्ने उम्मेदवारले चुनाव जितेपछि समाजका लागि कसरी काम गर्न सक्छन्, उनीहरूले आफूले लगानी गरेकाे पैसा असुल्ने काम मात्र गर्छन्, अहिलेकाे चुनावी खर्चले त्याे सम्भावना झनै बढाएकाे छ।’
पैसा नहुनेले अहिलेकाे परिस्थितिमा चुनाव लड्न सक्ने कुनै सम्भावना नै नरहेकाे उनले बताए। ‘गरिबले टिकटनै पाउँदैनन्,’ उनले भने, ‘टिकट पाए पनि जितेकाे उदाहरण छैन।’
आममतदाताले पनि पैसा पाए मात्रै भाेट दिने गरेकाे मुख्यमन्त्री भट्टले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment