रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठाेक्किँदा चालकको मृत्यु

डिसी नेपाल
२५ मंसिर २०७९ १२:२५

कैलाली। कैलालीमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ।

कैलालीको गोदावरी नगरपालिका- ७ हरैया चोकमा शनिबार राति भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका- ८ राजघाटका २३ वर्षीय छविलाल चौधरी रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *