समानुपातिकतर्फ उदयपुरबाट ४ महिला सांसद

डिसी नेपाल
२६ मंसिर २०७९ ७:१३

उदयपुर। समानुपातिकमा प्रदेश सभा १ मा उदयपुरबाट चार जना महिला सांसद छनोट भएका छन्। मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनमा समानुपातिकतर्फ उदयपुरले ४ जना महिला सांसद पाएको हो। गत २०७४ को निर्बाचनमा प्रतिनिधिसभा तर्फ २ र प्रदेश तर्फ ४ सांसद पाएको उदयपुरले यस पटक भने प्रतिनिधि सभा तर्फ रित्तो हुन पुग्यो।

नेकपा (एमाले)बाट २, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट १–१ जना महिलाले प्रदेश १ को समानुपातिक सांसद हुने मौका पाएका छन्। सब भन्दा धेरै मत पाएको एमालेले सृजना दनुवार र गीतादेवी रेग्मीलाई सांसद बनाएको छ। कांग्रेसबाठ लिलादेवी राई र माओवादी केन्द्रबाट सम्झना तामाङ (योद्धा) समानुपातिकमा परेका छन्।

प्रदेश १ मा खसेको १८ लाख १३ हजार २ सय ६५ मत मध्ये सब भन्दा बढी ६ लाख ६५ हजार ४ सय ६० मत पाएको एमालेले २५ सांसद पठाएको छ। दोश्रो ठूलो मत ५ लाख ६२ हजार ९ सय ७६ पाएको कांग्रेसले १७ जना सांसद बनाउँदा चौथो स्थान प्राप्त माओवादीले १ लाख ८१ हजार ४ सय ४५ मत पाएर ९ जना सांसद पठाएको छ।

१ लाख ९२ हजार ५ सय ११ मत पाएर तेश्रो बने पनि राप्रपाले भने उदयपुरलाई समानुपातिकको स्थान दिएको छैन । जसपा, लोसपा लगायत विभिन्न ३६ दलले भाग लिए पनि समानुपातिक सीट कायम गर्न भने असमर्थ रहे।

२०७४ को निर्बाचनमा उदयपुरले प्रदेश सभातर्फ ३ र प्रतिनिधि सभातर्फ २ गरी ५ जना समानुपातिक सांसद पाएको थियो । एमालेले कला घले र सुनिता चौधरीलाई तथा कांग्रेसले सञ्जाकुमारी दनुवारलाई समानुपातिक सांसद बनाएका थिए ।

प्रतिनिधि सभा तर्फ कांग्रेसकै प्रमीला राई र लक्ष्मी परियार समानुपातिकमा परेका थिए। यस पटक प्रदेशतर्फ माओवादीले एक जना पठाएको छ । यस अघिका निर्बाचनमा प्रदेशमा कांग्रेस र एमालेबाट दोहो¥याएर समानुपातिक पाए पनि माओवादी प्रदेशमा पुग्न सकेको थिएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *