९ महिना कार्यकाल बाँकी छँदै संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा

डिसी नेपाल
२८ मंसिर २०७९ १३:४६
80
Shares

काठमाडौं । संघीय संसद सचिवालयका सचिव ध्रुव प्रसाद घिमिरेले पदबाट राजीनामा गरेका छन् । आफ्नो कार्यकाल सकिने समय ९ महिना बाँकी छँदै उनले राजीनामा दिएका छन् ।

सचिव घिमिरेले महासचिव महासचिव भरतराज गौतमलाई मंगलबार राजीनामा पत्र बुझाएका हुन् । घरायसी समस्याका कारण राजीनामा दिनुपरेको घिमिरेले उल्लेख गरेका छन् ।

उनको राजीनामा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको संसद सचिवालयले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *