शाहरुख खानको फिल्म ‘पठान’ को गीत ‘बेशराम रंग’को विषयमा अदालतमा उजुरी
काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ को गीतलाई लिएर बिहारको मुजफ्फरपुर जिल्लाको एक अदालतमा उजुरी परेको छ ।
याचिकाकर्ताले अदालतमा शाहरुख खान र दीपिका पादुकोणले आफ्नो आगामी फिल्म ‘पठान’ को गीतमा हिन्दूहरूको भावनामा चोट पुर्याएकाले उनीहरुविरुद्ध एफआईआर दर्ता गर्नुपर्ने माग गरेका छन् ।
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, अधिवक्ता सुधीर ओझाले शुक्रबार जिल्लाको सीजीएम (मुख्य न्यायिक मजिस्ट्रेट) अदालतमा यो उजुरी याचिका दायर गरेका छन्। यस विषयमा जनवरी ३ मा सुनुवाई हुनेछ ।
रिट दायर गर्ने वकिलले फिल्म ‘पठान’ को ‘बेशराम रंग’ गीत आपत्तिजनक र हिन्दू समुदायको भावनामा चोट पुगेको दाबी गरेका छन् । यो गीत रिलिज भएपछि फिल्म ‘पठान’लाई लिएर देशका कतिपय ठाउँमा विवाद भएको छ ।
पठानको गीतलाई लिएर सामाजिक सञ्जालमा चलिरहेको विवादका बीच अभिनेता शाहरुख खानले सामाजिक सञ्जालमा हुने नकारात्मकताले विभाजनकारी र विनाशकारी कथा सिर्जना गरिरहेको बताएका छन् । उनले यस्तो समयमा सिनेमाको भूमिका महत्वपूर्ण हुने बताए ।
शाहरुखले सिनेमालाई यसको काउन्टर न्यारेटिभको रूपमा वर्णन गरे। कोलकाता फिल्म फेस्टिभलमा बोल्दै शाहरुखले भने, “सिनेमा र अहिले सामाजिक सञ्जाल मानव अनुभव र भावना व्यक्त गर्ने सबैभन्दा ठूलो माध्यम बनेको छ।”
“सामाजिक सञ्जालले अहिले हाम्रो समयको सामूहिक कथालाई आकार दिइरहेको छ। सामाजिक सञ्जालले सिनेमालाई नकारात्मक असर गर्छ भन्ने धारणाको विपरीत, मलाई लाग्छ सिनेमाले अझ महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment