शुशिला भइन् मिसेस हिमालयन नेपाल
काठमाडौं । मिसेस हिमालयन नेपाल २०२२ को उपाधि हेटौडाकी शुशिला थिङ तामाङले हात पारेकी छन् । हिमालयन मुभिजद्वारा आयोजित राजधानीमा सम्पन्न प्रतियोगितामा दिया चन्द ठकुरी फस्ट रनर अफ र शान्ति बस्नेत सेकेन्ड रनर अफ घोषित भए ।
त्यसै गरी सब टाइटल अवार्ड तर्फ बेस्ट पर्सनालिटि दिया चन्द ठकुरी, मोस्ट एट्राक्टीभ काजल भित्राकोटी, बेस्ट डिसीप्लिन शान्ति बस्नेत, मोस्ट कन्फीडेन्ट शुशिला थिङ तामाङ, बेस्ट फोटोजेनिक तारा शाहि लिम्बु, मोस्ट डिलिजेन्ट कमला कार्की राजबहाक, बेस्ट स्माईल बबी कार्की, मोस्ट पपुलर शुशिला थिङ तामाङ, पब्लिक च्वाईस भिडियो अवार्ड दिया चन्द ठकुरी ले हात पार्न सफल भएका छन् ।
बेस्ट फेसन कोरियोग्राफर २०२१ को अवार्ड विजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफिमा सम्पन्न सो कार्यक्रम विवाहित महिलाहरुको क्षमता र प्रतिभा प्रस्फुटन गराउनुको साथै समाजमा महिलाहरुको नेतृत्वदायी भुमिका स्थापित गराउने उद्देश्य लिएको आयोजक पक्षले जनाएको छ ।
कार्यक्रममा आकर्षक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । साथै प्रायोजकहरुका विभिध उपाहारहरु दर्शकहरु सँग रमााइलो प्रश्नोत्तर गरी विजेताहरुलाई वितरण समेत गरिएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment