नेपाली नागरिक चैतनारायणलाई खोज्दै भारतीय प्रहरी

डिसी नेपाल
५ पुष २०७९ ६:४१

नयाँ दिल्ली। भारतीय प्रहरीले नेपाली नागरिक चैतनारायणको खोजी तीब्र पारेको छ। भारतको चण्डीगढस्थित किसनगढ गाउँमा एउटा क्याटरिंगमा वेटरको काम गर्ने चैतनारायण गत साता मंगलबार रातिदेखि फरार छन्। उनलाई आफ्नै साथी अमरबहादुरलाई खाना पकाउने कुकरले हानेर मारेको अभियोग लागेको छ।

चैतनारायण र अमरबहादुर डिसेम्बर १३ को साँझ आफ्नै कोठमा मादक पदार्थ सेवन गरेर बसेका थिए। उनीहरु दुबैजना एउटै क्याटरिंग कम्पनीमा काम गर्दथे ।बनिराम शर्मा नामका साहूको कम्पनीमा कार्यरत यी दुबैको झगडा भइरहेका बेला मंगलबार साँझ साहू शर्मासमेत उनीहरुको कोठामा पुगेको चण्डीगढ प्रहरीले जनाएको छ।

तर, भोलिपल्ट पुग्दा अमरबहादुर रक्ताम्य भई कोठमा ढलेको र मृत भइसकेको अवस्थामा भेटिएका थिए। तै पनि उनलाई नजिकको जीएमएसएच–१६ अस्पताल पुर्याइएको र त्यहाँ डाक्टरले मृत घोषित गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

उनलाई प्रेसर कुकुरले धेरैपटक टाउकामा हानेर मारिएको प्रहरीले जनाएको छ। दुबैजनाको थर र तस्वीर भने प्रहरीले सार्वजानिक गरेको छैन। नेपालमा उनीहरुको स्थायी ठेगाना पनि खुलेको छैन तर प्रहरीले अमरबहादुर ४० बर्षका र चैतनारायण ५२ बर्षमा व्यक्ति भएको जनाएको छ।

चैतनारायण बुधबारदेखि नै फरार रहेकोले उनको खोजी तीब्ररुपमा भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *