लक्ष्मी लघुवित्तद्धारा ग्राहक सदस्यहरुलाई कृषि सम्बन्धी तालिम प्रदान

डिसी नेपाल
५ पुष २०७९ ९:५२

काठमाडौँ। यस लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले सिन्धुलीको भिमान, र रामेछापको हिलेदेवी गरी २ वटा शाखामा आवद्ध ग्राहकहरुलाई बेमौसमी तरकारी खेती तथा व्यवसायिक बाख्रापालन तालिम प्रदान गरेको छ।

लघुवित्तले मंसिर २७ गतेदेखि पुस २ गते सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ५४ जना ग्राहक सदस्यहरु सहभागी भएका थिए। बेमौसमी तरकारी खेती तथा व्यसायिक बाखापालन सम्बन्धी परम्परागत जीविकोपार्जन सीपलाई व्यवसायिकरण तर्फ रुपान्तरण गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको थियो।

तालिम कार्यक्रममा उपस्थित स्थानीय पदाधिकारीहरुले संस्थाको कार्य विस्तार क्षेत्रहरुमा वित्तीय कारोवार अन्तर्गत आर्थिक परिचालनमा सहयोग र तालिमको माध्यमबाट सीप र क्षमता अभिवृद्धि गरी कृषकहरुलाई हौसला तथा उत्साह प्रदान गरे जस्तै ग्राहकहरुले पनि संस्थाको उद्धेश्य अनुरुप वित्तीय कारोवारमा अनुशासित हुदै, तालिम पश्चात सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने आवश्यकतामा जोड दिएका थिए। तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ) ओम प्रकाश भुसालले गरेका थिए।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, लक्ष्मी लघुवित्त स्मार्ट एप र लक्ष्मी लघुवित्त मोबाईल पैसा सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *