स्थानीय र प्रहरीबीच झडप हुँदा कैलालीको हरैया तनावग्रस्त

डिसी नेपाल
६ पुष २०७९ १४:३५

कैलाली। बुधबार बिहान टिपरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका गोदावरी नगरपालिकास्थित हरैया क्षेत्रका स्थानीय र प्रहरीबीच झडप भएको छ।

अटोमा सवार रहेका बालकको ज्यान गएपछि प्रदर्शन गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन्। ठक्कर दिएर फरार रहेको टिपर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

उक्त प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको एक स्थानीयले जानकारी दिए। दुर्घटनामा अटोमा सवार मृतक बालककी आमासमेत घाइते भएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *