आजको मौसम : वर्षा र हिमपातको सम्भावना
सांकेतीक तस्वीर
काठमाडौं। हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसबाहेक विभिन्न पहाडी क्षेत्रमा बदलीको आकलन गरिएको छ। राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण महाशाखाले गरेको छ।
आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment