चार कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट, कुनको मूल्य कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।
सोमबारको कारोबारमा धौलागिरी लघुवित्त वित्तीय संस्था, खाप्तर्ड लघुवित्त वित्तीय संस्था, सृजनसिल लघुवित्त वित्तीय संस्था र घलेम्दी हाइड्रोको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी चार कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो।
धौलागिरी लघुवित्तको सेयर भाउ ७१ रुपैयाँ ४० पैसाले बढेर ७ सय ८५ रुपैयाँ ८० पुगेको छ। खाप्तर्ड लघुवित्तको सेयर भाउ ६४ रुपैयाँले बढेर ७ सय ४ रुपैयाँ ८० पुगेको छ।
यस्तै, सृजनसिल लघुवित्तको सेयर भाउ १ सय २० रुपैयाँ ५० पैसाले बढेर १ हजार ३ सय २६ रुपैयाँ ३० पैसा र घलेम्दी हाइड्रोको सेयर भाउ २० रुपैयाँ ९० पैसाले बढेर २ सय ३० रुपैयाँ ८० पैसा पुगेको छ। मार्केट डेपमा यी चार वटै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।







डिसी नेपाल







Facebook Comment