जागिर खोज्नका लागि युवतीले बिकिनी फोटो शेयर गरेपछि जागिरको ओइरो लाग्यो

डिसी नेपाल
१४ पुष २०७९ १४:३२

काठमाडौं । २४ वर्षकी केटीले जागिरको विज्ञापन पोस्ट गरिन्। विशेष कुरा के छ भने उनले यो विज्ञापनमा पोस्ट गरेको फोटोमा बिकिनी लगाएकी थिइन् । यही कारणले उनलाई मानिसहरुले ट्रोल गर्न थालेका छन् । मानिसहरुले बिकिनी फोटोका कारण जागिर पाइँदैन भन्ने गर्थे । तर अहिले ती युवतीले ट्रोललाई जवाफ दिएकी छिन् ।

बेलायतमा बस्ने २४ वर्षीय टेडी स्वान पछिल्लो ६ हप्तादेखि अष्ट्रेलियाको भ्रमणमा छिन् । टेडी आफ्नो कजिन संग यो यात्रामा छिन् । यहाँ पुगेपछि उनी पश्चिमी अस्ट्रेलियाको एउटा सानो सहरको बारमा काम गरिरहेकी छिन् । तर अहिले उनी क्रिसमसपछि नयाँ कामको खोजीमा छिन् ।

लन्डनमा बस्ने टेडीले यस हप्ता नयाँ कामको लागि लोकप्रिय फेसबुक पेज ब्याकप्याकर्समा पोस्ट पोस्ट गरिन् । उनले यहीँबाट नयाँ काम पाउने आशा व्यक्त गरिन् । उनले आफ्नो बिकिनी तस्बिरसहित पोष्टमा लेखेकी छिन्– म नयाँ वर्षको लागि काम खोज्दै छु, सँगै बस्ने ठाउँ पाउन सके राम्रो हुन्छ । म राम्रो कामको लागि जहाँ पनि जान तयार छु र मसँग कार पनि छ।

रिटेल, फार्मेसी, बाल हेरचाह र एम्बुलेन्स चालकको काममा आफूलाई अनुभव रहेको टेडीले बताइन् । तर टेडी यो जागिरको पोस्टलाई लिएर ट्रोलको निशानामा परिन् । काम खोज्नका लागि बनाइएको पोस्टमा बिकिनी तस्बिर जोड्न नहुने मानिसहरूले बताएका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्– यदि मैले जागिरका लागि आवेदन दिएको भए मैले बिकिनीमा आफ्नो फोटो पोस्ट गर्ने थिइनँ । अर्काले लेखे- यदि तपाई जागिर खोज्दै हुनुहुन्छ भने सोही अनुसार काम गर्नुहोस्। तेस्रोले लेखेकी छिन्–महिला एक्लो यात्री भएकाले फोटोमा सावधानी अपनाउनेछु ।

तर टेडीले ट्रोललाई उचित जवाफ दिइन् । नकारात्मक कमेन्टका बाबजुद पनि धेरै कामको अफर आएको उनले बताइन् । उनले लेखेकी छिन्– ‘बिकिनी फोटो पोस्ट गरेपछि काम पाइँदैन भनेर मानिसहरू जे भनिरहेका छन्, म पनि यस्तो सोच्ने मानिससँग काम गर्न चाहन्न ।

टेडीले भनिन्- तपाई सबै ईर्ष्यालु मानिसहरूलाई गलत साबित गर्नको लागि, म यो बताउन चाहन्छु कि मेरो प्रत्यक्ष सन्देशमा जागिर प्रस्तावहरूको बाढी आएको छ। र चाँडै म ती सबै हेर्नेछु र तपाईंलाई थाहा दिनेछु। त्यसैले सबैलाई धन्यवाद !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *