६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
सांकेतिक तस्वीर
सोलुखुम्बु । सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका–५ का २८ वर्षीय सांगे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सोलुदुधकुण्ड नगरपालिका(७ गार्माकी बालिकालाई बिहीबार करणी गरेको आरोपमा शेर्पालाई आज (शुक्रबार) पक्राउ गरिएको प्रहरी निरीक्षक अनील मिश्रले जानकारी दिए ।
बालिकाको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परीक्षण गरिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment