नीलगाई मारेको आरोपमा तीन जना पक्राउ

डिसी नेपाल
१५ पुष २०७९ २०:३८
32
Shares

कपिलवस्तु । वन्यजन्तु नीलगाई मारेको आरोपमा कपिलवस्तु प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नील गाई मारेर मासु भाग लगाउँदै गर्दा यशोधरा गाउँपालिका–८ शिंहखोरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मर्यादपुरबाट वरिष्ठ सई गगन शाहीको कमाण्डमा खटिएको टोलीले जमिल अहमद चौधरी, कपिलवस्तु नगरपालिका २ पडेरीयाका मोहम्मद ईमरान र नसुल्ला मुसलमानलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *