रुख काट्दा देखियो ‘जिसस क्राइस्टको अनुहार’, मानिसहरु छक्क परे !

डिसी नेपाल
१६ पुष २०७९ १२:५३

काठमाडौं ।रुख काटिसकेपछि १६ वर्षको केटाले त्यसमा प्रभु येशु ख्रीष्टको अनुहार देखे । रूखमा येशू ख्रीष्टको अनुहार देखेर किशोर छक्क परे। उनले वरपरका मानिसहरूलाई भने र जसले देख्यो सबै छक्क परे। १३ फिट लामो रुख १६ वर्षीय कल्म जोन्सनले काटेका थिए । यो रुखले बेलायतको अक्सफोर्डशायरको वान्टेजमा दुईवटा घरको बिचको बत्ती रोकिरहेको थियो ।

जब जोनसनले रूख काटिसकेपछि इसा मसीहको अनुहार देखे, उनी अवाक भए। जोनसनले ‘सन अनलाइन’लाई भनेका छन्, ‘ जब मेरो सहकर्मीले यस रुखको हाँगाहरू काट्दै थिए, उनले येशू ख्रीष्टको अनुहार देखे। उनले भने- ‘यस चित्रमा येशू ख्रीष्टको आँखा र दाह्री स्पष्ट देखिन्थ्यो। कलामले आफू धार्मिक नभए पनि यो घटनापछि आफू धार्मिक भएको मान्न सकिने बताए ।

यसै क्रममा कलामसँग काम गर्ने अन्य व्यक्तिले आफू ४० वर्षदेखि यस्तो काम गर्दै आएको तर यसअघि कहिल्यै यस्तो काम नदेखेको बताए । यसै क्रममा कलामले बेलायतको अक्सफोर्डशायरमा रहेको भान्टेज अब धार्मिक स्थल बन्न सक्ने बताए ।

केही साताअघि बेलायतका कलाकार किथले पनि आफ्नो घरको एउटा कलाकृतिमा प्रभु येशू ख्रीष्टको तस्बिर बनेको दाबी गरेका थिए । यस कलाकृतिको नाम एली एली लामा सबकठानी राखिएको थियो, जसलाई ट्रीस एन्ड वाटर ए फ्रुटफुल फ्रीडम नामक प्रदर्शनीमा पनि सर्वसाधारणका लागि प्रस्तुत गरिएको थियो ।

सन् २०२० मा बेलायतको डर्बीशायरस्थित चेस्टरफिल्डका ३७ वर्षीय जेमीले आफ्नो हातमा येशू ख्रीष्टको अनुहार देखापरेको दाबी गरेका थिए । गत वर्ष मात्र बेलायतको एसेक्समा बस्ने शौनाग रोबर्टले ‘ब्रसेल स्प्राउट’ भित्र येशू ख्रीष्टको छवि जस्तो देखेको दाबी गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *