जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको नेतामा महेशप्रसाद यादव

डिसी नेपाल
१६ पुष २०७९ १७:४१

जनकपुरधाम । जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको नेतामा महेशप्रसाद यादव चयन भएका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ‘ख’बाट निर्वाचित सांसद यादव दलको नेता चयन भएका हुन् । उनलाई पार्टीका नेताले सर्वसहमत दलको नेतामा चयन गरेको डा। सीके राउतको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार दलको सचेतकमा चन्दन कुमार सिंह, सचिव शम्भु साह र कोषाध्यक्षमा भाग्यश्री कुमारी चौधरी चयन भएकी छन् ।

जनमत पार्टीको मधेस प्रदेशमा ६ जना प्रत्यक्ष र सातजना समानुपातिक गरी १३ जना सांसद छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *