लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज
दाङ। लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज बस्दै छ। दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो । आज दुई वटा बैठक बस्ने कार्यसूचि सार्वजनिक भएको छ।
पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वान सम्वन्धि पत्र जेष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्वोधन गर्ने कार्यसूचि रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।
दोस्रो बैठकमा जेष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्ताव गर्ने छन् । यस्तै दलको तर्फबाट प्रदेश सभा सदस्यहरुले शुभकामना मन्तव्य राख्ने कार्यसूचि रहेको छ।
प्रदेश सरकार मन्त्रीपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेसन आह्वान गरेका थिए।
यो अधिवेशन पछी सभामुख र उपसभामुख चयनको लागी बाटो खुल्ने छ। पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ। संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ।







डिसी नेपाल







Facebook Comment