जसपा राजनीतिक समितिको बैठक आज

डिसी नेपाल
१८ पुष २०७९ ७:५२
24
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछ। बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुनेछ।

मंगलबारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारमा सहभागिताबारे निर्णय गर्ने भएको छ। जसपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा जाने वा नजाने विषयमा कुनै निर्णय गरिसकेको छैन।

कार्यकारिणी समितिको बैठकले यो विषय टुंगो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको थियो। त्यसबाहेक चुनावको समीक्षा, विधान अधिवेशन र दलहरूसँग एकताका लागि वार्ता समिति गठन लगायतका एजेण्डा पनि छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *