मधेस प्रदेश एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

डिसी नेपाल
२० पुष २०७९ १०:५२
48
Shares

धनुषा। मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन्। मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा उनलाई चयन गरेका हुन्।

मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो। आकाङ्क्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले यादवको नाम चयन गरेको एमाले नेता सोमप्रसाद शर्माले जानकारी दिए। एमाले केन्द्रीय सदस्यसमेत रहेका यादव महोत्तरी क्षेत्र नं ४ (१)बाट निर्वाचित भएका थिए।

दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार हुनुहुन्थ्यो । मधेस प्रदेशको सबैभन्दा ठूलो दल एमालेका २३ सांसद छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *